
image:123RF
Written by Sheikh Nayeem
Business Operator of www.amazyworld.tk
This
year Ramadan is starting from 3rd Jestha ( 17 May , 2108 )

Image Time Table Ramadan (from 18 may, 2108 ) Source: Sarochiya Jame Masjid
Download it for ease in Mobile
Image Tarawih dua Source: Sarochiya Jame Masjid
रमजान ( अरबी رمضان ) इस्लामी चंद्र पात्रो को नवौ महिना हो र संसारका सारा मुस्लिमहरुमा यस महिनाको धेरै ठुलो महत्व रहेको छ कारण यसै महिनामा कुरान बिस्तारै क्रमिक रुपमा प्रकट भएको थियो ।
रामजनमा राखिने रोजा ( व्रत ) इस्लाम धर्मको पांच स्तम्भ ( एक अल्लाह माथि विश्वास , नमाज , रोजा , जकात र हज ) मध्ये एक अति महत्व पूर्ण स्तम्भ हो। यस महिनाको सुरुवात नव चन्द्रमा हेरेर सुरुवात हुन्छ र यस लगतै मुस्लिमहरु बिहानै सुर्य उदाउनु अगाडी नै सेहरी ( खाने कुरा ) बिहान को फजर नमाज को अजान ( पुकार ) सम्म खान सक्छन र अजान सुन्न साथ खान बन्द गर्ने गर्छन । यसपछि दिन भरि मुस्लिमहरु भोकै बस्छन । यहाँ सम्म कि एक थोपा पनि वा कुनै किसिम को पेय वा खाद्य पधार्त मुखमा हाल्दैनन न त देखाएर होस् वा न त लुकाएर नै होस् । जब साझ घाम झुल्किन लाग्छ त्यसपछि आफन्तहरु संगै बसेर ब्रत खोल्ने गरिन्छ । यसो गर्नु को पछाडी अल्लाह को भय र आज्ञापालन गर्नु हो । दिन भरि भोकै बसेर अल्लाह लाई याद गर्ने गरिन्छ , पाच वक्त नमाज संगै कुरान पड्ने , सुन्ने र सुनाउने काम गरिन्छ ।
यो महिना हरेक मुस्लिम क लागि एक परिक्ष्या हो । अल्लाह ले मानिसलाई आफ्नो उपासना को लागि बनाएका हुन् । हामी लाई जन्म र मृत्यु दिने तिनै एक अल्लाह हुन् । तिनै अल्लाह ले यो मानव जाति बनाए लगतै हरेक युग र समयका मानिस का लागि रोजा अनिवार्य गरेका थिए । त्यसैले आज पनि भुल वा छुटपुट रुपमा यो रोजा हरेक धर्म मा रहेको छ । यो एक महिना को रोजा हरेक बालिग , सक्षयम , जवान माथि अनिवार्य छ । तर जो मजबुर छ , नाबालिग , पागल , असक्ष्यम , बिरामी , महिनावारी भएका महीला आदी माथि लागु हुदैन र यसको क्षति पूर्तिका लागि उसले कि त गरिबलाई खान खुवाउनु पर्ने छ वा पछि आफु ले छुटेका व्रत राख्नु पर्ने छ ।
रात को समय मा बिसेस नमाज पढ्ने गरिन्छ जसलाई हामी तराविह भन्छौ , यसमा अरु बेला पढिने रात को नमाज संगै २० रकात धेर नमाज पढिन्छ । यो बिशेस नमाज पढाउने हफिजले पुरै कुरान बिस्तारै हरेक दिन गरि पढेर सुनाउछन् । यति खेर रात को समय मा तपाई ले हेर्ने हो भने लगभग हरेक मस्जिद मा राम्रै चहल पहल देख्न सक्नु हुनेछ ।
लगभग ३० दिन को यो उपासना ले संसारका सारा मुस्लिम लाई धेरै फाइदा पुर्यौछ । जस मध्ये केहि फाइदा भन्नु परेमा इस्भय , धैर्य धारण , आफ्नो शारीरिक आवस्यकता लाई आफ्नो अधिन मा राख्नु , शरीर भित्र बिकर बाहिरिनु , आत्म(बलिदान को अभ्यास, गरिब प्रति माया , भोक के हो भन्ने बुज्नु , आत्मा परीक्षा , अल्लाहले दिनु भएको चिजहरु को महत्व बुझ्नु ,अल्लाह ले सबैलाई बराबर परिक्ष्य लिन्छन बुज्नु आदि
अन्तिम इस्दुत मुहम्मद सल्लाहू अलैहू वास्सलम ( उनि माथि शान्ति होस् ) माथि जिब्रेल अलैहिस सलाम द्वारा अल्लाह को आज्ञा अनुसार क्रमिक रुप मा कुरान प्रकट भएको हो । यो पबित्र महिनामा नरकको द्वार बन्द हुनेगर्दछ र स्वर्ग द्वार मात्र खुला हुनेगर्द छ ।
यसपछि को अर्को महिना सववाल हो । सववाल को पहिलो दिन “ फास्ट ब्रेकिङ को महोत्सव “ वा इद अल – फित्र का रूपमा मा मनाइन्छ । यस दिन संसार भरि को मुस्लिम एक बिशेस नमाज पढिने ठाउँ इदगाह वा मस्जिदमा बिहानै निर्धा्रित समय मा एकजुट भएर इदको नमाज पढ्ने गर्छन । नमाज पुरा हुन साथ एक अपस मा अंगालो मारेर इद मुबारक भनि खुसि ब्यक्त गर्छन । गरिबहरु दान दिने गरिन्छ । मिठा मिठा परिकार बनाएर आफन्त , इस्टमित्र , छिमेकि , गरिब सबैलाई बोलाएर खाने गरिन्छ । यस पर्व मा बिशेस धेर प्रयोग हुने खाने कुरा मा सेवई पनि एक हो । यसरि पुरानो कुनै रिसिभी भए आज को दिन सबै रिसिभी बिर्सेर प्रेम भाव का साथ मेलमिलाप गर्छन ।
“उपवास“ को अरबी शब्द स्वाम हो र यसको मतलब मात्र खान वा पिउनु बाट मात्र रोकिनु नभएर दुष्ट कार्यहरू, विचार र शब्दहरूबाट रोकिनु हो ।
रमजान महिनामा शरीर को हरेक भाग गलत काम बाट जोगिनु पर्छ। जिब्रोले कसै को नराम्रो कुराकानी देखि रोकीनुपर्छ। आँखा , हात , कान अवैध कुराहरू रोकिनुपर्छ। खुट्टा पापी ठाउँमा जान देखि , दिमाग गलत काम सोच्न बाट आदि ।
त्यसैले, उपवास केवल शारीरिक होइन , यो त आत्मा र व्यक्तिको शरीरले पनि गर्नु पर्ने उपासना हो ।
यस रमजान को महिनामा दानको कार्यहरू पनि धेरै गर्ने गरिन्छ । केही इस्लामी केन्द्र र संगठनहरु , बिध्यालय यस महिना बढी सक्रिय देखिन्छन । यस्ता विद्यालयमा गरिब , अनाथ बालबालिका हरु पढ्ने गर्दछन । मुस्लिमहरु पनि यस महिना आफुले सके सम्म धेर दान गर्छन कारण यस महिना मा गरिएको दानले अरु महिना भन्दा ७० गुना बढी पुण्य हुन्छ ।
यो सबैभन्दा पवित्र र आशिष् महिना मानिन्छ। झैझगडा गर्नु कुनै पनि रुप मा यस अवधि भरि अनुमति हुदैन । यस महिना लाई तिन भाग मा बाढीएको छ , पहिलो १० दिन रहमत , दोस्रो १० दिन मग्फिरत ( माफी माग्ने ) र अन्तिम १० दिन नर्क बाट बाच्ने को दिन भनेर । यस महिना को अन्तिम १० दिन धेर जसो मानिस हरु मस्जिद मै रात पनि बस्ने गर्छन र यसै अन्तिम १० दिन को बेजोडा दिन भित्र लैल तुल कद्र को रात पनि पर्द छ । यस रातलाई हजार महिना भन्दा बडी महत्व को रात भनि कुरानले भन्दछ । त्यसै ले यस रात मा गरिएको उपासना हजार महिना भन्दा बडीको हुन्छ । यो रात निर्धा्रित छैन मात्र यसको बारेमा यति जानकारी हुनेगर्दछ कि यो २१, २३ , २५, २७ ,२९ वा रातहरु मध्ये एक हो र मुस्लिमहरुले यसलाई आफै खोज्नु पर्ने छ । यो रात कस्तो हुन्छ भन्ने कुरा इस्लामिक ग्रन्थमा बयान गरिएको छ । नव चन्द्रमा संगै सुरु भएको यो व्रतको महिना अर्को महिना सव्वाल को नव चन्द्र मा देखिन संगै सिद्धिन्छ र बिहान इद मनाइन्छ। इद को दिन नेपाल मा बिदा हुने गर्छ । यसै संगै सबै लाई रामजन र इद मुबारक ।
This article has been earlier published in Newspapers too.
Photos of publications are shown here
No comments:
Post a Comment