Tuesday 8 May 2018

China launched Bank without humans , all works will be done by Robots




चीनको एक सरकारी बैंकलाई आफ्नो एउटा शाखालाई पूर्णरुपमा मानवरहित बनाएको छ । उक्त शाखाका सबै कर्मचारीको रुपमा रोबोटलाई नियुक्त गरिएको छ । हाकिमदेखि कारिन्दासम्म सबै कर्मचारीको जिम्मेवारी रोबोटले सम्हालिरहेका छन् ।
उक्त बैंकमा कुराकानी गरेर ग्राहकका समस्याको समाधान गर्नमा सक्षम रोबोटसँग होलोग्राम मेसिन जस्ता सुविधा उपलब्ध छन् । बैंकमा काम गर्ने रोबोट फेसिएल रिकग्नीसन टेक्निकको माध्यमले ग्राहकको पहिचान सुनिश्चित गरेसँगै ग्राहकलाई अभिवादन गर्दछ र ग्राहकका सबै खाले प्रश्नको जवाफ दिन्छ ।
उक्त शाखामा ग्राहकहरुले रोबोटसँग नै सुन खरीद गर्ने, पैसा सटही गर्ने लगायतका सेवा लिन सक्दछन् ।

चीनमा सरकारी स्वामित्वको एक पूर्वाधार विकास बैंक हो त्यो । जहाँ अन्य बैंकिङ कार्यका अलावा बिल भुक्तानी, कम्युनिष्ट पार्टीको सदस्यता शुल्क भुक्तानी, भर्चुअल रियालिटी रुम, होलोग्राम मेसिन, टकिंग रोबोट तथा टचस्क्रिन जस्ता तमाम सुविधा रहेका छन् ।
शांघाइको हुआंगपु जिल्लामा गत हप्ता उक्त बैंकको शाखा खोलिएको हो । यो शाखाले बैंकिङ सेवालाई थप शुलभ, हाइटेक तथा सुविधाजनक बनाउने दाबी गरिएको छ ।
यहाँ बैंकको ढोकामै ग्राहकलाई स्वागत गर्न एउटा रोबोट खटिएको हुन्छ । भ्वाइस रिकग्नीसन फिचरको प्रयोग गरी ग्राहकको पहिचान गरेसँगै ग्राहकका प्रश्नको जवाफ दिन्छ । बैंकभित्र प्रवेश गर्नका लागि ग्राहकले आफ्नो डिजिटल राष्ट्रिय परिचयपत्र स्वाइप गर्न सक्दछन् वा बैंकको फेसिएल रिकग्नीसन टेक्नोलोजीको प्रयोग गरी आफ्नो अनुहार स्क्यान पनि गर्न सक्दछन् ।
भर्चुअल रियालिटी गगल्सको सहयोगबाट रोबोटले ग्राहकलाई सुन तथा मुद्रा सटही, अचल मालवस्तु लगानी गर्ने आदि सेवा उपलब्ध गराउँदछ ।
यद्यपि यो बैंक ग्राहक सम्बद्ध कार्यका लागि मानव रहित नै छ । तर बैंकमा रहेका रोबोट कर्मचारीहरुको सुरक्षाका लागि भने केही मानिसहरु सुरक्षा गार्डका रुपमा भर्ना गरिएको छ ।
एजेन्सीको सहयोगमा
२०७५ वैशाख १४ गते ८:२२ मा प्रकाशित
source onlinekhabar

No comments:

Post a Comment

Click on the image to see what we got for U adn1

Place your ADV

Place your ADV
just for $1 / month, startup limited time offer