Monday, 7 May 2018

अनौठो सडक, दिनमा दुईपटक हराउँछ

अनौठो सडक, दिनमा दुईपटक हराउँछ





यस्तो सडक देख्नुभएको छ ? जुन हेर्दा हेर्दै गायब हुन्छ र फेरि देखा पर्दछ । फ्रान्समा एउटा यस्तो सडक छ जुन एक दिनमा दुईपटक हराउँछ ।
फ्रान्सको मूख्य भूमिलाई नोइरमोटियर क्षेत्रसँग जोड्ने यो सडक समुद्रको तटीय क्षेत्रमा छ । यो सडकलाई पेसेज डु गोइस भनिन्छ ।

वास्तवमा यो सडक समुद्री तटीय क्षेत्रमा छ । दिनमा दुईपटक समुद्री छाल आउँदा सडकलाई समुद्रको पानीले डुबाउँदछ । पानीले डुबेको बेलामा सडक पानीको सतहभन्दा १३ फिट तल पर्दछ । जब सामुद्रिक ज्वारभाटा शान्त हुन्छ तब पानी तटीय क्षेत्रबाट समुद्रतर्फ फर्किएपछि यो सडक देखा पर्न थाल्दछ ।दिनमा दुईपटक देखिने र दुईपटक हराउने यो सडक हराएको बेला १३ फिट गहिरो पानीमुनि लुक्दछ ।
त्यसैले समुद्रसँग लुकामारी खेल्ने यो सडकको यात्रा जति रोमाञ्चक छ, उत्तिनै खतरनाक पनि हुन्छ । यद्यपि पर्यटकहरुका लागि यो आकर्षणको केन्द्र बनेको छ ।
सन् १७०१ मा यो बाटो पत्ता लागेको थियो र पछि त्यस ठाउँमा पक्की सडकको निर्माण गरिएको थियो । यो सडक साढे ४ किलोमिटर लामो छ । एडभेन्चर ड्राइभिङका लागि सायद दुनियाको सबैभन्दा रोमाञ्चक स्थानमध्ये एउटा यो पनि हो ।
सडकमा गाडी चलाउनेका लागि मात्र होइन सडक हेर्दाहेर्दै डुबेको र पुनः देखा परेको दृश्य किनारामा बसेर हेर्नेहरुका लागि पनि यो निकै रोमाञ्चक ठाउँ हो ।
एजेन्सीको सहयोगमा
२०७५ वैशाख २४ गते ११:३० मा प्रकाशित
source Onlinekhabar

No comments:

Post a Comment

Click on the image to see what we got for U adn1

Place your ADV

Place your ADV
just for $1 / month, startup limited time offer