
click and join
झण्डै एक हजार वर्ष पूरानो उक्त कचौरा ३ करोड ७७ लाख डलर बराबरको रकममा लिलाम भएको हो । योसँगै यस कचौराले सबैभन्दा महंगो सेरामिक भाँडोको विश्वकिर्तिमान पनि राखेको छ ।
loading...
स्मरण रहोस् यति महंगोमा बिकेको यो कचौरा १ हजार वर्षअघि ब्रस सफा गर्न बनाइएको थियो । शोंग वंशका राजाहरुले दरबारमा यो कचौरा प्रयोग गर्दथे ।
चीनको चर्चित सोदबी अक्सन हाउसले उक्त कचौरा लिलाम बिक्रि गरेको हो । लिलाम बढाबढका क्रममा यसको सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो । अन्ततः यसको अधिकतम बोली ३ करोड ७७ लाख डलर लाग्यो र सोही बोली लगाउने मानिसले यो खरीद गरे । यो कचौरा यति महंगोमा खरीद गर्ने व्यक्तिले आफ्नो पहिचान खुलाउन भने चाहेनन् । ती व्यक्ति चीनका नागरिक हुन् वा होइनन् भन्ने पनि खुलाइएको छैन ।
click and Join
यस्तो खालका केवल ४ वटा कचौरा मात्र अहिले विश्वमा अस्तित्वमा रहेको बताइएको छ । निलो-हरियो रंगको यस कचौराको आकार १२ सेमी छ ।
बहुमुल्य वस्तुहरुका लागि चीन निकै चर्चित छ । यहीँ वर्ष चीनमा सबैभन्दा महंगो मूल्यमा एउटा हिरा बिकेको थियो भने सन् २०१४ मा मिंग वंशका पालाको एउटा रक्सीको प्याला ३ करोड ६० लाख डलरमा बिक्रि भएको थियो ।
-onlinekhabar
No comments:
Post a Comment