Incredible News and Ideas , Query us at sheikh.nayeem5@gmail.com ; website Address: www.amazyworld.blogspot.com , BLOG by SHEIKH NAYEEM, MBA IN MKTG & INTERNATIONAL BUSINESS
Wednesday, 29 August 2018
Friday, 17 August 2018
Eidul ajaah on bhadra 6 , 2075
Sheikh Nayeem
ईदुल अजाह (बकरईद) को एक झलकःईदुल अजाह लाई बोल चालमा सजिलोको लागि बकरईद भनिन्छ । यो ईद पछिको दोस्रो ठूलो पर्व बकरईद विश्वभरका मुसलमानले मनाउ“छन् । यस दिन बिहानै नुहाइधुवाइ गरी राम्रा र सफा कपडामा अत्तर (सुगन्ध ) लगाएर इदगाह (इदको नमाज पढ्न मात्रै बनाइएको विशेÈ ठाउ“) वा मस्जिदमा गई समूहमा नमाज पढिन्छ । यो चोटी को ईदुल अजाह बुद्धाबर को दिन भाद्र ६ गते हुने भएको छ । नमाज पढेपछि एकापसमा गला मिलाएर ”इद मुबारक” भन्दै शुभकामना आदान प्रदान गर्दै भाइचारा साट्ने गरिन्छ ।
यो चाडमा अल्लाह (एक भगवान) लाई मान्नेहरु अल्लाहको प्रेमको लागि आफ्नो सबसे प्रिय बस्तुको त्याग र बलिदानलाई पुष्टि गर्न पशुको बली दिने गर्दछन् ।
यो बलिदानको सुरुवात हजारौ वर्ष पहिले इशदुत इब्राहिम (अलैहिस्सलाम) को पाला देखि भएको हो । अल्लाहले उहा“लाई आफ्नो सबसे प्रिय चिज यानि कि आफ्नो एक मात्र छोराको बलि देऊ भनि आज्ञा दिएपछि, इब्राहिम ( अलैहिस्सलाम) ले आज्ञा अनुसार जब बलि दिन लाग्दा उहा“को आज्ञापालनलाई देखेर एउटा दुम्बा (भेडा जस्तो पशु) पठाए र उनका छोराको साटो यसैको बलि दिइयो ।
यो घटना तपाई कुरानमा पनि पाउनु हुनेछ र साथै बाइवलमा पनि । इब्राहिम ( अलैहिस्सलाम ) ले एक ईश्वरको पुजा गर्न सिकाउथे जुन कुरा कुरान मान्नेले त्यही कुरा आज भन्छन । यही घटनाबाट भयो कुर्वानीको र महान चाड ईदुल अजाहको सुरुवात । धनसम्पति भएका हरेक मुस्लिम माथि फर्ज गरिएको छ कुर्वानी दिन ।
यस्तो कुर्वानीले मान्छेको मुटुलाई अल्लाह प्रति माया र आज्ञापालनका लागि सहि बाटो हिड्न अग्रसर गर्दछ । तसर्थ, सफा मनले गरिएको कुर्वानी ले (नाकी मासु खाने भनि) पुण्य हुन्छ । संसार भरिको मुस्लिमले यस दिन कुर्वानी दिने गर्छन र यसै महिनामा हज गर्न मक्का पुगेका हुन्छन् । हज गर्नु इस्लामको एक स्तम्भ पुर्तिको प्रतिक हो । इस्लाम धर्ममा पा“चवटा स्तम्भ छन् ति हुन इमान ( कलमा तयिबा आस्था), नमाज (प्रार्थना), रोजा –ब्रत), जकात (दान) र हज (तीर्थ)। हज पा“चौं स्तम्भ हो । इमान, नमाज, रोजा धनी गरीब सबै मुसलमानलाई अनिवार्य छ ।
हरेक हाजीले कुनै जनावर बली दिनु जरुरी छ यो नै कुर्बानी हो ।
हाम्रो नवि मुहम्मद (सल्लालहु वसल्लम) ले कुर्वानीको पालना गर्नुहुन्थ्यो र कुर्वानी गर्ने समय आफ्नो टाउ“को सदभावनाका साथ छोप्नुहुन्थ्यो । उहा“ले पशुलाई विस्तारै भुइमा लडाई अल्लाहको नाममा अल्लाहु अकबर (अल्लाह सब भन्दा ठूलो हो) , या अल्लाह यो कुर्वानी तपाई मार्फत हो र तपाईकै लागि हो भनि छिटो गतिमा हलाल गर्नुहुन्थ्यो , ताकि रगत बगेर जाओस र जनावरलाई कमसे कम दुःख होस् ।
यो हलाल गर्ने तरिका माथि सवाल उठाछन् मानिसहरू ।
तपाँई आफै भन्नुस् आज इलेक्ट्रीक सर्ट हानी जुन पशु डाल्ने काम गर्दैछन् कतिपय मानिस ® उद्योगले जसमा पशुलाई सबन्दा धेरै पिडा हुन्छ त्यो तरिका ठिक कि हलाल गर्ने तरिका ठिक जसमा जनावरलाई कमसे कम दुःख हुन्छ ?
कुरान र बाइवलले रगत न खानु भनि आदेश दिएको छ, र त्यसैको पालना गर्दै जनावरहरु अल्लाह को नाममा हलाल गरी मात्र खाईन्छ । हलाल गर्दा जनावरलाई सबभन्दा कम दुःख हुने गर्छ साथै सबै रगत बगेर बाहिरिन्छ । आज साईन्सले पनि यहि कुरामा जोड दिन्छ, साईन्स अनुसार भाइरस र बिरामी सर्ने माध्यम हो रगत, त्यसैले रगत खानु स्वास्थ्यका हानिकारक हुन्छ र हलाल गर्दा रगत पशुको शरिरबाट बाहिरीन्छ ।
कुर्वानी चाही ईदुल अजाहको नमाज पछि कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, बोका, बाख्रा, रा“गा, भैंसी, भेंडा, उ“ट, दुम्बा लगायतका जनावरमा कुर्बानी दिन सकिन्छ । ठूला जनावर जस्तै रा“गा, उ“टलगायतमा ३, ५ वा ७ जनासम्मले समूहमा वा एकै व्यक्तिले पनि कुर्बानी दिन सक्छन् ।
छानिएको जनावर चाहि अंग भंग भएको हुनुहु“दैन र पुरा जवान र स्वास्थ्य हुनु आवश्यक छ ।
कुर्वानी गरिएको जनावरको मासुको तिन भाग अनिवार्य गरिन्छ । जसमध्ये एक भाग गरिब मुस्लिमहरुलाई दिइन्छ, दोश्रो भाग आफनत र छिमेकी मुस्लिमहरुलाई र बचेको एक भाग चाही आफ्नो घरको लागि भनि राखिन्छ । इस्लाम धर्मले खानाको बर्बादी नगर्न भनि आदेश दिएको छ, त्यसैले कुर्वानीको मासु बर्बाद गर्नुहु“दैन र छाला पनि झिकेर दान गरिन्छ ।
बकरईद सुरु भएको तीन दिनसम्म कुर्बानी गर्न मुनासिव छ । बकर इद मा आफन्त र इष्टमित्रलाई बोलाएर मीठा र मासुका परिकार बनाएर खुवाउने र शुभकामना आदान प्रदान गर्ने चलन छ । बकर इद स“ग इस्लामको आधारस्तम्भ हज जोडिएको हुन्छ ।
यस्तो कुर्वानी गर्नाले परलोकमा यसको फल मिल्ने छ यहासम्म कि कुर्वानीको जनावरको एउटा कपालले पनि राम्रो फल दिलाउने छ ।
कुर्वानी गर्न सक्ने क्षमता भएका हरेक मुस्लिमलाई कुर्वानी गर्न बाजिब भनिएको छ ।
कुर्वानीका लागि निम्न उल्लेखित पशु उचित हुन्छ ।
१. खसि वा भेडा कममा पनि एक वर्षको ।
२. भैसी कममा पनि दुई वर्षको ।
३. उट कममा पनि पा“च वर्ष उमेर पुगेको ।
एउटा सुझाव मुस्लिमहरुलाई
धेरै मुस्लिमले कुर्वानी सोध्ने बारे प्रश्न गछनर्् कि आफ्नो नगरी आफ्नो बाउ, बाजे ,नविहरुको नाममा कुर्वानी गर्न सकिन्छ कि सकि किदैन?
हरेक मुस्लिमले पहिले आफनो नाममा कुर्वानी गर्नुपर्छ । ताकि उसको वाजिब पुरा होस त्यसपछि उसले सक्छ भने, अरुको नाममा कुर्वानी गरोस् । सक्नेले हाम्रो प्यारो नवि मुहम्मद (सल्लालहु वसल्लम) को नाममा कुर्वानी गर्नु एकदम राम्रो हो ।
नेपाल सरकार लाई इदुल अजाह को बिदा दिन मेरो अनुरोध ।
यहि भनि महान चार्ड को शुभकामना साथ
ईदुल अजाह मुबारक सबैलाई
शेख मोहम्मद नइम
अमाननगर , भट्टा , बिराटनगर ७
Thursday, 2 August 2018
View XII result online for 2075 , Check Grade 12 Management, Humanities, Education (+2) Exam Result WithGradesheet (Marksheet) 2075 (2018)
To view result,
Go to the link below
and you will find screen like this
just enter your symbol number and date of birth to view result.
and you will find screen like this
just enter your symbol number and date of birth to view result.
Go to this link http://neb.ntc.net.np/
Promotions
Best wishes from Sheikh Enterprizes
Subscribe to:
Posts (Atom)